पूर्वी लद्दाखमा चीनले सैन्य ताकत बढाएपछि भारतलाई तनाब

Photo - Outlook India
Photo - Outlook India

पूर्वी लद्दाखस्थित पेगोग ताल नजिकै चीनले आफ्नो सैन्य ताकत बढाउन लागिपरेको भारतले दाबी गरेको छ।

एक वर्षअघि चिनियाँ र भारतीय सैनिकबीच हिंसात्मक झडप भएको स्थानमै पुनः चिनियाँ पक्षले सैन्य शक्ति जुटाइरहेको छ।

एकातर्फ वार्ताको हल्ला चलाएपनि अर्कोतर्फ चीनले एलएसी क्षेत्रमा गस्ती बढाइरहेको भारतीय सेनाको आरोप छ।

चिनियाँ पीपुल्स लिबरेशन आर्मीले अघिल्लो वर्ष तल्लो भागमा अस्थायी हेलिप्याड र मिसाइल पोजिशनलगायतका संरचना बनाएको थियो।

तर, पछिल्लो समय सबै संरचना एलएसी क्षेत्रमा देखिन थालेपछि सीमा विवाद समाधानमा चीन गम्भीर नभएको भारतको भनाई छ। पुर्वी लद्दाखमा चिनियाँ सेनाले एकपल्ट फेरि आफ्नो स्थिति बलियो बनाएकोप्रति भारतीय सुरक्षा अधिकारीले चिन्ता ब्यक्त गरेका छन्।

चीनको सीमावर्ती इलाका आस–पासमा लडाकू सैनिक संख्या बढिरहेका छन्। अघिल्लो वर्ष मे ५ र ६ का दिन पेगोगको उत्तरी क्षेत्रमा झडप हुँदा दुबैतर्फका दर्जनौं सैनिक घाइते भएका थिए।

गत–वर्ष जुन १५ मा पेगोग ताल नजिकैको क्षेत्रमा हिंसात्मक झडप भएको थियो। चिनियाँ र भारतीय सैनिकबीचको मुठभेड झण्डै ४५ वर्षपछि भएको हो। जहाँ भारतीय २० र चिनियाँ दर्जनौं सैनिक मरेका थिए।

प्रकाशित मिति: : 2021-05-05 11:27:00

प्रतिकृया दिनुहोस्