भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई करोड नाघ्यो

बिएल संवाददाता

नयाँ दिल्ली
फाइल तस्वीर
फाइल तस्वीर

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई करोड नाघेको छ।

एकै दिनमा तीन लाख ५७ हजार २२९ नयाँ सङ्क्रमित थपिँदा कुल सङ्क्रमित दुई करोड दुई लाख ८२ हजार ८३३ पुगेको छ।

पछिल्लो चौबिस घण्टामा १६ लाख ६३ हजार ७४२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार गत शनिबार एकै दिन चार लाखभन्दा बढी सङ्क्रमित थपिए यता पछिल्लो दुई दिनमा सङ्क्रमितको संख्यामा कमी हुँदै आएको छ। 

प्रकाशित मिति: : 2021-05-04 20:11:00

प्रतिकृया दिनुहोस्