सुनसरीमा निषेधाज्ञाको पालना नहुँदा कोरोना संक्रमणको जोखिम बढ्यो

Khasokhas
Khasokhas

कोरोनाको दोस्रो लहर सुरु भएसँगै सुनसरीमा पनि कोरोना संक्रमितको ग्राफ बढ्दो छ। सोमबार मात्रै ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 

कोरोनाको दोस्रो लहरपछि सुनसरीमा हालसम्म ५ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ। जसमा सक्रिय संक्रमित ४९२ जना रहेका छन्। कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। यो तथ्याङ्कलाई हेर्ने हो, भने कोरोना संक्रमणको दर बढ्दो छ। 

कोरोना संक्रमण नियन्त्रणको लागि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसीसी) गत शुक्रबारदेखि निषेधाज्ञा जारी गरेको छ। उनले भने, 'जिल्ला स्वास्थ्य कार्यालयले पनि स्वास्थ्य सुरक्षका मापदण्डको अनिर्वाय पालन गर्न भने पनि प्रभावकारी हुन सकेको छैन्।'

निषेधाज्ञा जारी भएपनि त्यसको बेवास्था गर्दै बजारमा मानिसको चहलपहल बढेको छ। पसलहरु बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न अनुमती दिएपनि पनि त्यसको पूर्ण पालना हुन सकेको छैन्। भने, मानिस स्वास्थ्य सुरक्षाका मापदण्डको उल्लंघन गर्दै भेला हुने गरेको पाइन्छ। 

जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेपनि त्यसको अनुगमन समेत नगर्दा मासिनले लापरवाही गरेको स्थानीय व्यवसायी देव कुमार राउतले बताएका छन्। 

निशेधाज्ञाले मजदुरी गरेर खानेहरुलाई समस्या हुने भएपनि स्वास्थ्य सुरक्षामा ध्यान दिनु पर्नेमा लामो समयदेखि इटहरी बजारम ‘सिटी सफारी’ चलाउँदै आएका नरबहादुर नेपाली बताउछन्। 

उनी आफैले पनि स्वास्थ्य सुरक्षा प्रयोग नगर्ने यात्रुलाई सिटीमा नचढाउने गरेको बताउँछन्। ‘रोगले ठूलो सानो भन्दैन, सबैलाई लाग्छ। त्यसैले मास्कको प्रयोग नगर्ने यात्रुलाई  सिटीमा चढाउन्न्।’ चालक नेपालीले भने।

यस्तै, प्रशासनले सवारी साधनमा जोरविजोर प्रणाली लागु गरेपनि त्यसको पालन हुन सकेको छैन, जसका कारण अन्य जिल्लाबाट पनि मानिस जिल्लामा सहजै प्रवेश गर्ने गरेकाले सुनसरी कोरोनाको उच्च जोखिममा रहेको स्थानीयको गुनासो रहेको छ। 

जिल्लाको करिब ६२ कि.मी सिमा छिमेकी राष्ट्र भारतसँग जोडिएको छ। सुनसरी प्रशासनले सिमा क्षेत्रमा कडाई गरी नेपालीलाई मात्र प्रवेश गराउने गरेको छ। जसमा कोरोनाका शंकास्पदलाई स्वास्थ्यहरुमा पठाउने कार्य गर्दै आएको छ। 

यद्यपि, भारतबाट मानिस बिना चेकजाँच लुकिछिपि जिल्लामा प्रवेश गर्ने गरको कारण पनि सुनसरी कोरोना संक्रमणको उच्च जोखिम रहेको छ। 

प्रकाशित मिति: : 2021-05-03 21:46:00

प्रतिकृया दिनुहोस्