महामारी नियन्त्रणमा चीनबाट के सिक्ने ?

शिलापत्र

काठमाडौं

महामारीको समयमा सर्वसत्तावाद नीति सबैतिर देखियो। चीन त पहिलेदेखि नै सर्वसत्तावादी नै थियो। कोरोना संक्रमित तथा मृत्युदर कम हुनुको श्रेय चीनले आफ्नो राजनीतिक प्रणालीलाई दियो। संक्रमितको संख्या कम गर्न सर्वसत्तावाद नै उत्तम हुने देखेपछि विश्वभरका लोकतान्त्रिक मुलुकले त्यही नीतिलाई अवलम्बन गरे ।

चीनको झैँ एकदलीय सर्वसत्तावाद सबै राजनीतिक व्यवस्थामा सम्भव हुँदैन। सर्वसत्तावाद नै समाधान हो भन्ने बुझियो भने यो निकै घातक हुनेछ। कोरोना नियन्त्रणका लागि उसले अवलम्बन गरेका नीति भने विश्वकै लागि उदाहरणीय छ। राजनीतिक व्यवस्थाका कारण चीनमा सरकारी निर्णयविरुद्ध कोही पनि उभिन पाउँदैनन्, अनिवार्य पालनाका लागि सबै बाध्य हुन्छन्। कोरोना संक्रमणको लहर रोक्न चीन सफल हुनुका पछि यो पनि एक कारण हो। यसबाहेक चीनका केही नीति र केही सन्दर्भ सबैका निम्ति शिक्षाप्रद हुन्छ ।

प्रकाशित मिति: : 2021-05-03 08:48:00

प्रतिकृया दिनुहोस्