इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले फुलहमलाई पराजित गरेको छ।
शनिबार राति भएको खेलमा फुलहमलाई २-० अन्तरले पराजित गर्दै चेल्सीले जित निकालेको हो।
चेल्सीलाई जित दिलाउन खेलको १० औं मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। खेलको ४९ औं मिनेटमा हाभर्ट्जले नै दोस्रो गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।
जितसँगै चेल्सीले ३४ खेलमा ६१ अंक जोडेको छ। फुलहम २७ अंकसहित १८ औं स्थानमा छ।