ब्राजिलका सबै नागरिकले सन् २०२१ भित्र कोरोनाको खोप लगाइसक्ने

बिएल संवाददाता

ब्रासिलिया
File photo
File photo

ब्राजिलका सबै नागरिकले यही सन् २०२१ को अन्त्यसम्ममा कोभिडविरुद्धको खोप लगाइसक्ने बताइएको छ। 

ब्राजिलका स्वास्थ्यमन्त्री मर्सेलो कोरेंगाले यही सन् २०२१ को अन्त्यसम्ममा सबै ब्राजिलियनहरुलाई कोभिडका विरुद्धको खोप लगाइसक्ने गरी देशव्यापी रुपमा खोप लगाइएको जानकारी दिएका हुन्। 

'हामीसँग पर्याप्त मात्रामा खोप छ, हामीले यो वर्षको अन्त्यसम्ममा नै सबै ब्राजिलियनहरुलाई खोप लगाउने गरी प्रक्रिया अगाडि बढाएका छौँ हामीले खोप दिने छौ' स्वास्थ्यमन्त्री मर्सेलोले भनेका छन्। 

शुक्रबार ब्राजिलको ब्रासिलियामा विश्व स्वास्थ्य संगठनसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा स्वास्थ्यमन्त्री मर्सेलोले सो कुराको जानकारी दिएका हुन्। 

उनका अनुसार ब्राजिलले यसै वर्षको अन्त्यसम्ममा करिब ५० करोड खोप प्राप्त हुने अपेक्षा गरिएको छ। तर यदि ब्राजिलसँग छैन भने पनि विश्वका अरु देशसँग सहयोग माग्ने छौँ उनले भनेका छन्। ब्राजिल विश्वमा अमेरिकापछिको सबैभन्दा बढी कोरोना प्रभावित देश हो। 

ब्राजिलमा अहिलेसम्म १ करोड ४५ लाखभन्दा बढी नागरिकका कोरोना संक्रमण भएको छ। ती मध्ये ४ लाख भन्दा बढीको त ज्यानै गएको पनि समाचारमा जनाइएको छ। रासस 

प्रकाशित मिति: : 2021-05-01 18:32:00

प्रतिकृया दिनुहोस्