सफाइकर्मीमाथि किन हुन्छ अनागरिकको व्यवहार?

हिमाल खबर

काठमाडौँ

 राजकिशोर रजक 

झन्डै डेढ वर्षयता फैलिएको कोरोनाभाइरस (कोभिड–१९) संक्रमण महामारीबाट नेपालसहित अधिकांश देश प्रभावित छन्। यो स्वास्थ्य संकटले हामीलाई सामाजिक, आर्थिक, सांस्कृतिक सबै रूपमा समस्यामा पारिरहेको छ। महामारीले सबै वर्गलाई प्रभावित पारे पनि देशमा पहिलेदेखि आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा बहिष्कृत, गरीब तथा कमजोर दलित–बहुजन समुदाय सबभन्दा बढी मारमा परेको छ। 

महामारीले जात, वर्ग, धर्म आदि केही पनि देख्दैन भन्ने भाष्य प्रयोग हुने गरेको छ, जुन ठीक होइन। विपत्तिले सबैसँग समान व्यवहार गर्दैन। असमान तथा अन्यायपूर्ण शक्ति सम्बन्धका कारण उत्पीडनमा परेका समुदायलाई कोभिड–१९ जस्तो महामारीले झन् बढी प्रभावित गर्दै छ।

कोभिड–१९ सबैभन्दा पहिले सन् २०१९ को अन्त्यतिर चीनमा देखियो, र संसारभरि फैलियो। उच्च वर्गमा विकसित तथा सञ्‍चारित रोगले सीमान्तकृत वर्ग (दलित बहुजन) लाई प्रभावित पार्दा यो महामारीले धेरैको गाँस र सास खोस्यो। रोजीरोटीका लागि शहर पसेका हजारौं मजदूर रोजगारी गुमाउँदा एक्कासि सडकमा आइपुगे। सयौं किलोमिटरको गाउँ हिँडेरै फर्किन बाध्य भए। 
 

प्रकाशित मिति: : 2021-05-01 17:31:00

प्रतिकृया दिनुहोस्