त्रिवेणीका अग्निपीडितकाे भराेसा बन्दै राष्ट्रिय युवा संघ राेल्पा

राष्ट्रिय युवा संघ राेल्पाले सामाजिक कार्यमा अग्रसरता बढाउँदै गएकाे छ।

विपतकाे समयमा जनता र समाजलाई विभिन्न तरिकाले साथ र सहयाेग गर्ने उद्देश्यले युवा संघ प्रतिबद्ध भएर लागेकाे हाे।

संघले त्रिवेणी गाउँपालिकाका अग्निपीडितहरुलाई राहत पु-याउने उद्देश्यप्रति विभिन्न याेजनाहरु अघि सारेकाे छ।

'जहाँ विपत, त्यहाँ राष्ट्रिय युवा संघ' भन्ने मुल नाराका साथ हाेलेरीमा बसेकाे युवा संघकाे आकस्मिक बैठकले अग्निपीडितहरुलाई सहयाेग गर्ने निर्णय गरेकाे हाे।

राष्ट्रिय युवा संघकाे बैठकले अग्निपिडितहरुकाे अवस्था बुझ्न र सहयाेगकाे वातावरण तयार गर्न  त्रिवेणी-२ का कापडाडा, पिराले, धानबाङ, सानाे चेत्रे र बर्तिबाङमा स्थलगत अनुगमन गरी निमार्णा कार्यमा लागिसकेका छन्र।

बैठकले अग्निपीडितहरूलाई तत्कालकाे लागि केही राहत दिने र १०० जना युवाकाे समूहमार्फत् घर निर्माणमा २/२ दिन श्रमदान गर्ने निर्णयसमेत गरेकाे छ। 

साथै राहत संकलनकाे लागि जिल्लाका अन्य गाउँपालिकासहित दाङ, प्युठान, सल्यान र पूर्वी रुकुमका पार्टी युवाहरुलाई परिचालन गरिने युवा संघ राेल्पाका संयाेजक प्रेम विकले जनाकारी दिए। 

बैठकमा नेकपा एमाले राेल्पाका अध्यक्ष बालाराम बुढा, प्रदेश कमिटी सदस्य इश्वरी जिएम, युवा संघका केन्द्रीय सदस्यरूलगायतकाे सहभागिता रहेकाे थियाे। 



बिरामी बोक्ने एम्बुलेन्सले रोल्पामा नून ओसार्छ 

नून बोक्ने एम्बुलेन्सले बिरामी बोक्न मानेन, ड्राइभर भन्छन्, ‘हाकिमले जान दिएनन्’

जलजलामा ढकमक्क लालीगुराँस [फाेटाे फिचर]

जापानको सुख सयल त्यागेर थबाङीको उपचारमा खटिएका डाक्टर 

प्रकाशित मिति: : 2021-05-01 15:15:00

प्रतिकृया दिनुहोस्