ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो (तस्वीरसहित)

Photo's : AFP

ब्राजिलका लागि अप्रिल महिना निकै तनाबपूर्ण बनेको छ।

महामारीले दिनहुँ हजारौँ मानिस मरिरहेका छन्। पछिल्लो समयकाे मृत्यु दरले लाश गाड्ने ठाउँसमेत पाउन मुस्किल छ।

विश्व महामारी कोरोना भाइरसबाट हालसम्म ब्राजिलमा ४ लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्। ब्राजिलको कुनैपनि ठाउँ खाली छैन, जहाँ मृत शरीर नगाडिएको होस्।

हालसम्म ब्राजिलमा ४ लाख ३ हजार ७ सय ८१ कोरोना संक्रमितको मृत्यु भएको छ। दैनिकजसो बढिरहेका संक्रमितको संख्या आकलन गर्दा तत्कालै महामारी रोकिने अवस्था छैन।

एकैदिन ६८ हजार ३ सय ३३ नयाँ कोरोना संक्रमित फेला परेका छन्।

२ हजार ५ सय ९५ संक्रमितले पछिल्लो २४ घण्टाको समयमा ज्यान गुमाएको राष्ट्रिय स्वास्थ्य सचिवालय परिषदले जनाएको छ।

प्रकाशित मिति: : 2021-05-01 10:40:00

प्रतिकृया दिनुहोस्