एनआरएन अमेरिकाकाे चुनावः अध्यक्षका पाँचै उमेद्वारसँग पत्रकार आचार्यले 'ग्लोबल टक' गर्दै

पत्रकार भोला आचार्यले एनआरएन अमेरिकाको निर्वाचनमा अध्यक्षका उमेद्वारहरुसँग 'ग्लोबल टक' नामक टक शो गर्ने भएका छन्।

निर्वाचन कमिटिले उमेद्वारहरुको सूची सार्वजानिक गरेपछि उक्त कार्यक्रमको तय गरिएको हाे। अध्यक्ष पदका पाँचै उमेद्वारहरुसँग एकैसाथ तय गरेको यो पहिलो कार्यक्रम हुनेछ।

एनआरएन अमेरिकाको २०२१ देखि २०२३ सम्मको कार्यकालको लागि भैरहेको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासीहरु डा. अर्जुन बन्जाडे, बुद्धिसागर सुवेदी, कृष्ण लामिछाने, तिलक केसी र सुर्य लम्सालसँग आचार्यले टक शो गर्न लागेका हुन्।

जुम प्रविधिमार्फत आज (शनिबार) बिहान ९ बजे पूर्वीय समय अर्थात ८ बजे सेन्टर समयमा गर्न लागिएको उक्त कार्यक्रम 'रियल खबर' र 'ग्लोबल टक' लगायत विभिन्न मिडियाबाट प्रत्यक्ष प्रशारण हुनेछ।

कार्यक्रममा उमेद्वारहरुले उठाएका एजेण्डा तथा सामाजिक सेवामा उनीहरुले दिएको योगदान र प्रतिबद्धताको विषयमा छलफल गरिने बताइएकाे छ।

एनआरएनलाई सबैको साझा बनाउन कार्यक्रम तय गरिएकाे प्रस्ताेता आचार्यको भनाई छ। आचार्य उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरुको प्रतिनिधिमूलक संस्था नेपाल अमेरिका पत्रकार संघ, नेजाका पूर्व अध्यक्षसमेत हुन्।

दशक लामो अमेरिका बसाईमा नेपाली पत्रकारितासँग उनी निरन्तर संलग्न हुदै आएका छन्।

प्रकाशित मिति: : 2021-05-01 08:07:00

प्रतिकृया दिनुहोस्