दिल्लीमा आमा, काठमाडौंमा बुवा अनि एक्लो म

हिमाल खबर

काठमाडौँ

अलिशा सिजापति  
गत वर्ष भारतीय उपमहाद्वीपभर कोरोनाभाइरसको महामारी फैलिइरहेको र एकपछि अर्को देश बन्दाबन्दीमा गइरहेको बेला मैले हजुरआमा गुमाउन पुगेँ। ९५ वर्षीया उहाँले आफ्नो जीवनको आखिरी दिनहरू काठमाडौंको एक अस्पतालको आईसीयूमा बिताइरहनुभएको थियो, जहाँ हामी हरेक दिन केही मिनेट मात्रै उहाँलाई हेर्न पाउँथ्यौं।

चिकित्सकले हामीलाई उपचार कक्षबाहिर उहाँको स्वास्थ्यस्थितिबारे जानकारी दिन्थे। त्यो कहिले उत्साहजनक हुन्थ्यो, कहिले निराशाजनक। 

तर, नहुनु भइछाड्यो। वयोवृद्ध उमेरका बावजूद अति मायालु अनि जीवनसँग संघर्ष गर्ने अचम्मको शक्ति भएकी हाम्री हजुरआमा बित्नुभयाे भन्ने कुरा स्वीकार गर्न हामीलाई निकै गाह्रो पर्‍याे। 
थप सामग्री

जे भए पनि जीवन चल्नुपर्छ, चल्दै जान्छ भन्ने सोचेर मैले हजुरआमाको निधनपछि एक नयाँ शुरूआतको प्रतीक्षा गरेँ। गएको मार्चमा नेपालमा कोभिड–१९ को संक्रमण दर दोहोरो अंकमा ओर्लिएको र दैनिक मृत्यदर शून्यमा झरेको अवस्था देखिएको थियो। त्यही बेला मैले दुई वर्षदेखि नभेटेकी आमा र बहिनी भेट्न अनि सोही मौकामा केही समाचार पनि तयार पार्न दिल्ली जाने योजना बनाएँ।

प्रकाशित मिति: : 2021-04-30 21:05:00

प्रतिकृया दिनुहोस्