इजरेलमा पर्व मनाउने क्रममा भागदौड मच्चिदा कम्तीमा ३८ जनाको मृत्यु

Photo : EPA
Photo : EPA

इजरेलमा हासिडिक यहुदी पर्व मनाउने क्रममा भएको भागदौडमा कम्तीमा ३८ जनाको मृत्यु भएको छ। 

उत्तरी इजरेलस्थित माउन्ट मेरोनको फेदीमा दशौँ हजार मानिस यहुदी पर्व मनाउन भेला भएका बेला भागदौड मच्चिएको थियो। 

घटनामा घाइते भएकाहरुको उपचार आपत्कालीन सेवा प्रदायकहरुले गरीरहेका छन्। तर, धेरै भिड भएकोले उद्धार कार्यमा कठिनाइ भएको उनीहरुले बताएका छन्।

प्रकाशित मिति: : 2021-04-30 08:29:00

प्रतिकृया दिनुहोस्