गाईजात्रा हेर्नुस् त ! प्रधानमन्त्रीले प्रदेशका मन्त्रीहरुको व्यापार गरेका छन् : चित्रबहादुर केसी

रातोपाटी

काठमाडाैं

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओली स्वयं मन्त्रीहरुको व्यापार गरेर बसेका आरोप लगाएका छन् । गण्डकीमा भएको ‘सांसद बेपत्ता प्रकरण’ बारे  कुरा गर्दै केसीले आफ्नो दलका सांसदहरु पार्टीको अनुशासनमा बस्दै आएको दाबी गरेका छन् । 

‘केन्द्र र प्रदेश सरकार कोरोनासँग लड्नुपर्ने बेलामा मन्त्रीको व्यापार गर्छन्, यस्तो गाईजात्रा हेर्नुस् त’ जनमोर्चाका अध्यक्ष केसीले रातोपाटीसँग कुरा गर्दै भने,‘स्वयं प्रधानमन्त्रीले प्रदेशका मन्त्रीहरुको व्यापार गरेका छन् ।’ 

केसीले अगाडि भने, ‘राष्ट्रिय जनमोर्चा २०५१ सालदेखि संसदमा फोहोरी खेल देख्दै आएको हो । तर, यस्तो फोहोरी खेलबाट हाम्रो पार्टी सुरक्षित नै देखिन्छ ।’

प्रकाशित मिति: : 2021-04-29 19:29:00

प्रतिकृया दिनुहोस्