गाउँमा तरकारी खेती गरेर महिनाकाे १ लाख कमाउँछन् पाँचथरका सुमन न्याैपाने

शिलापत्र

काठमाडौँ

रमेश भारती

पाँचथरकाे फिदिम नगरपालिका, नागिनका सुमन न्यौपानेले तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । २९ वर्षीय सुमनले पूर्वी पहाडी जिल्ला पाँचथरमा ‘नमुना कृषि फार्म’ खाेलेका छन् ।  

उनी फार्ममा तरकारी गाेडमेल, रेखदेख अनि उत्पादित तरकारी बजारमा पुर्‍याउनमै ब्यस्त हुन्छन् । आधुनिक प्रविधि अपनाएर तरकारी खेती गरिरहेका सुमन रोजगारीसँगै पैसा कमाउने सम्भावना देखेरै यो पेसामा लागेको बताउँछन् । ‘पाँच वर्षयता मेरो दैनिकी नै तरकारीखेतीमा बित्ने गरेको छ । कमाइ पनि राम्राे छ । पाँचथरमा कृषिलाई व्यावसायिक बनाउन प्रयासरत छु’, उनले भने, ‘गाउँघरमा उत्पादन भएको तरकारी अर्ग्यानिक हुन्छ । पहाडको हावापानीमा तरकारी उत्पादन गर्दा कुनै पनि औषधि प्रयोग हुँदैन । त्यही भएर तरकारी अर्ग्यानिक हुन्छ ।’

ग्रामीणक्षेत्रमा कृषिको राम्रो सम्भावना छ । सरकारले ग्रामीण भेगको कृषिलाई विकास गर्ने र अगाडि बढाउन खास याेजना ल्याउनुपर्ने उनी बताउँछन् । 

फार्ममा ४० लाख रुपैयाँ लगानी रहेकाे सुमनले बताए । महिनाकाे २ लाख रुपैयाँकाे तरकारी बेच्ने गरेका उनले सबै खर्च कटाएर प्रतिमहिना १ लाख रुपैयाँ बचत हुने गरेको बताए । 

प्रकाशित मिति: : 2021-04-29 11:50:00

प्रतिकृया दिनुहोस्