सिटीसँग पीएसजी पराजित

Photo : SBSsports
Photo : SBSsports

च्याम्पियन्स लिग फुटबल अन्र्तगत सेमिफाईनलको पहिलो लेगमा म्यान्चेष्टर सिटीले पीएसजीलाई पराजित गरेको छ।

बुधबार राति भएको खेलमा सिटीले पीएसजीलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

पीएसजीलाई अग्रता दिलाउन खेलको २५औँ मिनेटमा मार्कुन्होसले गोल गरे। खेलको ६४ औं मिनेटमा सिटिको तर्फबाट ब्रुईनले गोल फर्काएका थिए। त्यस्तै ७२औँ मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई जित दिलाएका थिए।

यो जितसँगै सिटी सेमिफाईनलमा बलियो बनेको छ।

प्रकाशित मिति: : 2021-04-29 07:37:00

प्रतिकृया दिनुहोस्