करन साउद
यतिबेला छिमेकी मुलुक भारतमा कोरोनाले दिनप्रतिदिन भयावह बन्दै गएको छ।
कोरोनाकै कारण पत्याउन नसकिने घटनाहरु घटिरहेका छन्। तिव्र रुपमा बढिरहेको कोरोना संक्रमितहरुको अवस्थालाई मध्यनजर गर्दै भारत सरकारले अप्रिल २०२१ बाट फेरी सबै राज्यमा लकडाउन लगाएको छ।
लाखौ नेपालीहरु रोजगारी गुमेर स्वदेश फर्किएका छन् भने केही फर्किने तयारीमा छन्। स्वदेशमा रोजगारी नहुदा प्रायः भारतमा गएर रोजगारी गर्ने नेपालीहरु मध्य सबैभन्दा बढी सुदूरपश्चिमका ९ वटा जिल्लाबाट देखिन्छन्।
यसैबीच कोरोनाकै कारण सुदूरपश्चिमका एक युवाको मुत्यु भएको छ।
सुदूरपश्चिम बैतडी दोगडाकेदार ७ स्थायी घर भइ हाल भारतको नयाँदिल्लीमा रोजगारी गर्दै आएका मनोज भट्टको नेपाल जाने क्रममा बीच बाटोमै मृत्यु भएको हो।
केही दिन अगाडी स्वास्थमा खराबी आएपछि उनले कोरोना चेकजाँच गराएका थिए। रिपोर्ट पोजिटिभ आएपछि उनी होम क्वारेन्टाईनमा बसेका थिए। २७ अप्रिलमा उनको स्वास्थ्यमा बढी समस्या देखिएको थियो।
भारतका विभिन्न अस्पतालमा देखिएको अक्सिजनको अभावका कारण कंचनपुरको महाकाली अस्पतालमा भर्ना हुने भन्दै उनी नेपाल फर्किरहेका थिए। तर उनको फर्किने क्रममा बाटोमै मुत्यु भएको हो।
उनी 'सुदूरपश्चिमेली नेपाली समाज भारत-दिल्ली राज्य समिति'का भुतपूर्व कोषाध्यक्ष तथा महाअधिवेशन प्रतिनिधिसमेत थिए।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया