भारतमा कोरोना: सावधानी अपनाउन दूतावासको अपील

Rekha Dixit | The Week

दिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीहरुलाई कोरोना संक्रमणबाट सावधानी अपनाउन अनुरोध गरेको छ।

दूतावासले मंगलबार विज्ञप्ति जारी गर्दै संक्रमण बढिरहेकाले अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन, भीडभाड र भेटघाटमा सामाजिक दूरी अपनाउन समेत आग्रह गरेको छ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन थप सतर्कता अपनाउने सम्बन्धी केही निर्देशनहरू जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित मिति: : 2021-04-27 15:57:00

प्रतिकृया दिनुहोस्