चितवनमा खुल्यो 'शुइम्टर कोरियन रेष्टुराँ'

चितवनमा कोरियन खानाका पारखी र परिकार स्वाद लिन चाहनेहरुका लागी कोरियन रेष्टुराँ खुलेको छ।

मनास्लु क्षेत्रका पर्यटनकर्मी लाक्पाढुण्डुप लामा सहित चितवनका राजिन्द्र महतो र सुशिल चौधरीले सञ्चालन गरेको 'मुनाल एण्ड मयुर रिसोर्ट' मा 'शुइम्टर कोरियन रेष्टुराँ' खोलेको हो।

उक्त रेष्टुराँमा नेपाली, चिनियाँ, भारतीय सहित कन्टिनेन्टल परिकारका खानाको स्वाद पाउन सकिन्छ। साथै रेष्टुराँमा याक बर्गर, याक सिजलर, यार्सागुम्बा सुप, भिरमौरीको मह र हिमाली परिकारहरू समेत पाइन्छ।

फापरको ढिँडो र रोटी सेट, स्याऊको रक्सी तथा वाइन, यार्सागुम्बाको रक्सी तथा फलफुलको जुस पनि उपलब्ध छ। त्यस्तै सामगेपसाल, विविम बाप, बुल गोगीसहितका परिकारसहित कोरियाको परम्परागत रक्सी सोजु र छ्याङ पनि पाइन्छ।

रेष्टुराँ भरतपुरस्थित बाइपास रोडको विशाल चोकबाट ६.५ किलोमिटर दूरी छ।

रेष्टुराँ उद्घाटन कार्यक्रममा बाेल्दै कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले सर्वसाधारणले नयाँ स्वाद चाख्न पाउनेमा खुशी व्यक्त गर्दै कोरियन रेष्टुराँलाइ शुभकामना दिएका थिए।

कोरियन खाना विशेषज्ञ विजय योञ्जनले अन्य कर्मचारीलाई कोरियन परिकार पकाउने तालिम दिएका थिए। 

प्रकाशित मिति: : 2021-04-26 18:03:00

प्रतिकृया दिनुहोस्