कर्णालीका चार एमाले सांसद निष्कासित

'फ्लोर क्रस' गर्ने चारजना सांसदलाई नेकपा (एमाले)ले प्रदेशसभा सदस्यबाट निष्कासन गरेको छ। 

नेताहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई प्रदेशसभा सदस्यबाट निष्कासन गरिएको हो। निष्कासन गरेको सुचनासमेत कर्णाली प्रदेशसभामा दर्ता भइसकेको छ।

उनीहरुले पार्टीको ह्वीप नमानेर ३ वैशाखमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए। नेता ज्वालाबाहेक अरु तीनजना माओवादी नेतृत्वको सरकारमा मन्त्री भइसकेका व्यक्ति हुन्।

१० वैशाखमा बसेको एमाले केन्द्रीय कमीटीको बैठकले पनि उनीहरूलाई प्रदेश सांसद र पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरिसकेको थियो। 



फ्लोर क्रस गर्ने एमाले सांसदकाे प्रतिक्रिया- 'कारबाही हुन्छ भन्ने थाहा थियाे'

प्रकाशित मिति: : 2021-04-25 15:49:00

प्रतिकृया दिनुहोस्