कोभिडमा ‘बिरु’ : जसले मास्क बाँडिरहे

गत वर्ष कोरोना संक्रमणको त्रासदीले निम्त्याएको लकडाउन।

आमनागरिक कोरोना संक्रमणको अधिक त्रासमा घरभित्रै थुनिए। त्यसमाथि घरबाहिर निस्कीन रोक लगाएको प्रहरी प्रशासनले काराबही गर्ला भन्ने डर। आमनागरिक कोरोनाको अधिक त्रासमा घरभित्रै थुनिईरहेका बेला घोराहीका बिरबहादुर खत्री ‘बिरु’ भने एकाबिहानै घरबाहिर निस्की हाल्थे।

प्लाष्टिकको थैलो उचालेर घरबाहिर निस्कने बिरबहादुरको स्वार्थ आफ्नो ब्यक्तिगत काम हुन्थेन, नत घुम्नकै लागि उनि बजार निस्कन्थे। उनको एक मात्रै लक्ष्य थियो ‘समाज सेवा।’ लकडाउन सुरु भएसंगै जिल्लामा मास्कको चरम अभाव भयो। लकडाउनका बेला फ्रन्टलाईनमा खटिएकाहरु मास्क अभावमा सडकमा असुरक्षित थिए। 

प्रकाशित मिति: : 2021-04-25 13:35:00

प्रतिकृया दिनुहोस्