‘कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालन

कोभिड–१९ सङ्क्रमितको उपचारमा सघाउ पुर्याउने उद्देश्यले वाग्मती प्रदेशको राजधानी हेटौँडामा ‘कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालनमा आएको छ।

प्रदेश सरकारको मातहत रहेको हेटौँडास्थित हेटौँडा अस्पतालमा उक्त वार्ड सञ्चालनमा ल्याइएको हो।

सङ्क्रमण पुष्टि भएर होम आइसोलेसन बसेका स्वास्थ्यमा गम्भीर समस्या भएका सङ्क्रमितको उपचार गर्नका लागि वार्ड सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार उक्त वार्डमा तत्कालका लागि १० शय्या सञ्चालनमा ल्याइएको छ। केही दिनमै थप २० शय्या थप्ने अस्पतालको लक्ष्य छ।

ज्वरो धेरै आइरहने र रगतमा अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा तल पुगेका सङ्क्रमितलाई वार्डमा राखेर उपचार गर्ने अस्पतालको योजना छ।

अक्सिजनको मात्रा कम हुने सङ्क्रमितलाई बढी खतरा हुन्छ। 

प्रकाशित मिति: : 2021-04-25 06:26:00

प्रतिकृया दिनुहोस्