प्रदेश नं. १ मा ११६ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नंं. १ मा ११६ कोरोना सङ्क्रमित थपिएका छन्।

थपिएका सङ्क्रमितमा मोरङमा ७२ मध्ये विराटनगरमा ५४, सुनसरीमा नौ, झापामा १४, उदयपुरमा चार, धनकुटा र भोजपुरमा तीन/तीन, सङ्खुवासभामा दुई, तेह्रथुम इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा एक÷एक र प्रदेश बाहिरका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार १८६ पुगेको छ। उपचारपछि निको हुनेको सङ्ख्या २९ हजार ९३५ रहेका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या ७७६ पुगेको छ। 

पछिल्लो २४ घण्टामा ५१९ जनाको पीसीआर परीक्षण गर्दा ५३ महिला र ६३ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। विराटनगरमा बिहीबार ९७ मा कोरोना पोजेटिभ देखिएको थियो। रासस 

प्रकाशित मिति: : 2021-04-23 20:32:00

प्रतिकृया दिनुहोस्