महान्यायाधिवक्ताको कार्यालयले ४ वर्षमा गर्‍यो ४ सय ६५ थान मुद्दा नचलाउने निर्णय !

लोकान्तर

काठमाडौं

गत वैशाख १० गते जनता समाजवादी पार्टी नेपालका सांसद डा. सुरेन्द्रकुमार यादवले आफूलाई अपहरण गरेको भन्दै जाहेरी दरखास्त दिएका थिए।

नेकपाका बहालवाला दुई सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ 'किसान' तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनाललाई प्रतिवादी बनाई जाहेरी दरखास्त दिइएको थियो।

प्रहरीले तत्काल जाहेरी दर्ता गर्न नमानेपछि सांसद यादवले सरकारी वकिलको कार्यालयमार्फत जाहेरी दर्ता गर्न लगाएका थिए।

प्रहरीले उक्त घटनाको अनुसन्धान गर्दा अपहरण गरिएको प्रमाण नभेटिएपछि सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेश गरेको थियो।

त्यसपछि मुद्दा नचलाउने भनेर जिल्ला सरकारी वकिल कार्यालयले गरेको निर्णय उच्च सरकारी वकिल कार्यालय हुँदै महान्यायाधिवक्ता कार्यालयसम्म पुगेको थियो।

अन्तिम दुवै सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने भनेर गरेको निर्णयलाई महान्यायाधिवक्ताको कार्यालयले पनि सदर गरेको थियो।

प्रकाशित मिति: : 2021-04-23 11:24:00

प्रतिकृया दिनुहोस्