पश्चिमी प्रभाव र ईस्लामिक आतंकवादका कारण हिन्दु धर्म संकटमा छ: महामन्त्री पराण्डे 

विश्व हिन्दु परिषदका अन्तर्राष्ट्रिय महामन्त्री मिलिन्द पराण्डेले नेपाल राजनीतिक रुपले नभए पनि सांस्कृतिक रुपले हिन्दु राष्ट्र कायम नै रहेको बताएका छन्।

विश्व हिन्दु परिषद नेपालले बिहिबार वीरगन्जमा आयोजना गरेको परिच्यात्मक तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री पराण्डेले मुख्यगरी चार कारणले हिन्दुलाई कमजोर पार्ने खेल भईरहेको दाबी गरेका छन्। उनले भने, 'नेपाल कहिले पनि धर्मनिरपेक्ष देश हुन सक्दैन, यहाँका राजनितिक दलका नेताहरुले क्षणिक स्वार्थका लागि कागजमा मात्र धर्मनिरपेक्ष लेखेका छन्। तर, नेपाल अहिले पनि हिन्दु राष्ट्र नै छ।'

ईसाईको प्रचारबाजी र धर्मान्तरण, ईस्लामिक आतंकबादी, कुनै धर्ममा विश्वास नहुने लहर र पश्चिमी भोगदावी शैली भित्रिनाले हिन्दुलाई कमजोर बनाउँन हिन्दुमाथि प्रहार भईरहेको उनले बताए। पाकिस्तान र बंगलादेशमा हिन्दुहरुमाथि संकटको अवस्थामा रहेको छ। त्यहाँ अस्तीत्वको संघर्ष हुदै आएको छ, महामन्त्री पराण्डे भने, 'त्यहाँका न्यायपालिका मुस्लीमकै छ, दिनहुँ हिन्दुमाथि अन्या अत्याचार बढेपनि हिन्दुवासी संगठन खुलेर काम गर्न सकेको छैन। चौतर्फी रुपमा हिन्दुमाथि नै प्रहार गर्ने काम भईरहेको छ।' 

हिन्दु समाज भित्र पनि विभिन्न दोष लागिरहेको बताउँदै उनले भने, 'हिन्दु समाजको तत्वज्ञान सर्वोश्रेष्ठ छ तर तत्वज्ञान भन्दा धेरै टाढा हामी गईरहेका छौं। जातिय छुवाछुट, भेदभाव, जातिय भाषा, सम्प्रदायको अंहकारले गर्दा एक हिन्दुले अर्को हिन्दु संगको व्यवहार गलत गर्ने गरेका छन्। यी कुरा धर्मतत्वज्ञान विपरित भएपनि समाजिक कुरुती हाम्रो समाजमा स्थापित भईसकेको छ। यसबाट मुक्त बनाउँन सम्पूर्ण हिन्दु एकजुट हुनुपर्छ।'

कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं हिन्दु स्वयंसेवक संघ पर्साका संस्थापक माधव राजपालले नेपाल प्रवासमा रहेका परिषदका अन्तर्राष्ट्रिय महामन्त्री मिलिन्द पराण्डेलाई दोसल्ला ओढाई सम्मान गरेका थिए।

हिन्दु स्वंयमसेवक संघका जिल्ला कार्यवाह ललन द्धुवेद्धीको संयोजगत्वमा सम्पन्न परिच्यात्मक कार्यक्रममा विश्व हिन्दु परिषद नेपालका महामन्त्री प्रहलाद रेग्मी, संघका नगरकार्यवाह रामलखन यादव, विश्व हिन्दु परिषद वीरगन्ज महानगर उपाध्यक्ष कृष्णमोहन सहाय लगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति: : 2021-04-22 21:08:00

प्रतिकृया दिनुहोस्