जसपामा ‘महन्थ भर्सेस उपेन्द्र–बाबुराम’ को शक्ति संघर्ष

लुम्बिनीको संसदीय दल भन्छ– संघीयताको अभ्यास शुभारम्भ भयो, आफ्नै पक्षका सांसद बहुमत रहेको लुम्बिनीमा उपेन्द्र बाबुराम कसरी भए असफल ?

बाह्रखरी

काठमाडौं

जनता समाजवादी पार्टी एउटै भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको ‘लाइन’सँग निकट हुने र विरुद्धमा उभिने दुईधारमा छ। अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेता केपी शर्मा ओलीसँगको सहकार्यबाट मधेसका मुद्दा स्थापित गर्न कस्सिएका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूह ओली विस्थापनको एक सूत्रीय एजेन्डा बोकेर हिँडेको छ। 

पार्टीभित्र भइरहेको दुईलाइन संघर्षले प्रदेशहरुमा जसपा नीतिविहीन बनेको छ। उसले कतै ओली निकटलाई असहयोग गर्ने त कतै ओली निकटसँगै सहकार्य गरिरहेको देखिन्छ।

गत चैत मसान्तको दिन महन्थ ठाकुर धनुषा गएका थिए भने उपेन्द्र यादव र डा. बाबुराम भट्टराई देउवा निवास बूढानीलकण्ठ।

प्रकाशित मिति: : 2021-04-22 21:11:00

प्रतिकृया दिनुहोस्