कोरोना संक्रमणबाट भारतका तीन पत्रकारको मृत्यु

IFP
IFP

भारतीय पत्रकार संघले कोरोना भाइरसको संक्रमणबाट राजधानी नयाँदिल्लीमा तीन पत्रकारको मृत्यु भएको जनाएको छ।

दि वायर हिन्दी सम्पादक रेणु आगल, टाइम्स अफ इन्डियाका सम्पादक आशिष यचुरी र इकोनिमोक्स् टाइम्सका संवाददाता चन्चलपाल चौहालको उपचारका क्रममा मृत्यु भएको हो। 

संघले २४ घण्टाको अवधिमा कोरोनाका कारण मृत्यु भएका तीन पत्रकारलाई शोक व्यक्तसमेत गरेको छ।

विश्व महामारी कोरोनाबाट प्रतिभाशाली पत्रकारहरुको मृत्युले संघ दुःखी भएको बताएको छ। स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका तीनै पत्रकारलाई कोरोनाको संक्रमण देखिएको थियो। अन्ततः उनीहरूले कोरोना भाइरसविरूद्धको लडाइँ हारेका छन्।

आगल बीबीसी हिन्दीमा काम गरिसकेकी अनुभवी पत्रकार हुन्। बीबीसीका एक पत्रकार भन्छन्, ‘पूर्वसहकर्मी रेणुको लेखन शैली निकै अव्वल थियो। तर, यसैगरी उनको अघि कहिल्यै तारिफ गर्न पाउँदिनँ। अब उनी रहिनन्। मलाई दुःख लागेको छ।’

टाइम्स अफ इन्डियामा कार्यरत पत्रकार आशिष भारतीय कम्युनिष्ट पार्टी (मार्स्िवादी) का महासचिव सीताराम यचुरीका जेठा छोरा हुन्। पत्रकार चन्चलपाल पनि पत्रकारितामा राम्रो अुनहार भएको उनीसँगै काम गर्ने एक पत्रकारले बताए। 


 

प्रकाशित मिति: : 2021-04-22 18:19:00

प्रतिकृया दिनुहोस्