अविश्वासको प्रस्ताव लैजान कांग्रेसले अझै एक हप्ता कुर्ने

जोखना हेर्दाहेर्दै पहिले पनि सरकार ढाल्ने समय मिस गरियो, अब ढिला गर्नु हुन्न: पौडेल

सेतोपाटी

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वासको प्रस्ताव ल्याउनु पर्ने टुंगोमा पुगेको नेपाली कांग्रेसले समय परिपक्व हुन अझै एक साता लाग्ने निष्कर्ष निकालेको छ।

यसबारे बुधबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा लामो छलफल भएको थियो।

‘प्रधानमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा हामी पुगेका छौं, समय परिपक्व भने भइसकेको छैन,’ देउवानिकट एक नेताले भने, ‘विकसित भइरहेका राजनीतिक घटनाक्रम र अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदको संख्याबारे मसिनो गरी हिसाबकिताब गर्नुछ।’

अविश्वास प्रस्ताव पारित हुने गरी गृहकार्य गर्नु परेकोले केही ढिलाइ हुने ती नेता बताउँछन्। प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्न दलहरूको गठबन्धन बनाउनु पर्ने चुनौती कांग्रेससामु छ।

प्रकाशित मिति: : 2021-04-22 13:11:00

प्रतिकृया दिनुहोस्