२५ वर्षमा ५३ देशले नेपालमा गरे पाैने २ खर्ब लगानी, कहाँबाट कति रकम भित्रियाे ?

शिलापत्र

काठमाडौं

तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको सक्रियतामा २०७३ सालमा भएकाे लगानी सम्मेलनमा करिब १४ खर्ब रुपैयाँको लगानी प्रतिवद्धता आयो।

वर्तमान सरकारले २०७५ मा गरेको लगानी सम्मेलनमा पनि १४ ठूला मेगा प्रोजेक्टमा लगानी प्रतिवद्धता गरिएको थियो।

लगानी प्रतिवद्धता हेर्दा नेपालमा उल्लेख्य लगानीको वातावरण भएको देखिन्छ । तर, वास्तविक कति लगानी भित्रिन्छ त ? राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले प्रतिवद्धताका हिसाबले नगन्य प्रतिशत मात्रै वास्तविक लगानी आउने देखिएको छ । स्वीकृत भइसकेको लगानीमध्ये पनि एकतिहाइ मात्रै आएकाे देखिन्छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार सन् १९९५ देखि २०२० सम्मको अवधिमा विदेशी लगानीकर्ताकाे ३ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँको लगानीलाई स्वीकृति दिइएको छ। तर, हालसम्म १ खर्ब ८२ अर्ब रुपैयाँ मात्रै लगानी आएको देखिएको छ।

प्रकाशित मिति: : 2021-04-22 12:19:00

प्रतिकृया दिनुहोस्