कोरोना संक्रमितले भरिन थाले उपत्यकाका अस्पताल, चिकित्सक भन्छन्- बिरामीले बेड नपाउने खतरा बढ्दै छ

शिलापत्र

काठमाडौं

चार हप्ताअघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोभिडका बिरामीको संख्या शून्यमा झरेको थियो।

अस्पतालले ननकोभिडका बिरामी भर्ना गर्न सुरु गरेको थियो। महामारी कम भएकोमा चिकित्सकहरूले पनि केही राहत महसुस गरेका थिए।

‘कोभिड वार्ड बन्द गरेर ननकोभिडका बिरामी राख्न थालेका थियौं’, अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दास भन्छन्, ‘दुई सातायता फेरि कोभिडका बिरामी आउन थालेका छन्। ४५ जना कोभिडका बिरामी भर्ना भएका छन्। बेड मिलाउन गाह्रो भएको छ।’

कोरोनाको दोस्रो छालमा कोभिडका जटिल बिरामी आएको उनी बताउँछन्।

‘पहिले लकडाउनले अरु बिरामी थिएनन्। कोभिडका लागि मिलाइएको थियो’, उनी भन्छन्, ‘अहिले संक्रमित पनि धेरै सिरियस छन्। ननकोभिडका बिरामी कम भए पनि बेड मिलाउन सहज हुने थियो।’

प्रकाशित मिति: : 2021-04-21 18:21:00

प्रतिकृया दिनुहोस्