राहुल गान्धीलाई कोरोना संक्रमण

Photo - Economic times
Photo - Economic times

भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

नेता गान्धीले सामाजिक सञ्जाल  ट्विटरमार्फत् आफूलाई कोरोना भाइरस भएको जानकारी दिएका छन्।

नेता राहुलले ट्विटरमा लेखेका छन्, ‘सामान्य लक्षण देखिएपछि जाँच गरेको थिएँ। जसमा कोरोनाको संक्रमण देखिएको थाहा भयो।’

पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबै जनालाई सुरक्षित रहन र नियम पालन गर्न अपील समेत गरेका छन्।

भारतमा कोरोना भाइरसको महामारी तीब्र रुपमा फैलिरहेको छ।

प्रकाशित मिति: : 2021-04-20 16:25:00

प्रतिकृया दिनुहोस्