‘अब पनि बेड नपाएर संक्रमितको मृत्यु भए राज्यको अपराध ठहरिनेछ’

अनलाइनखबर

काठमाडौं

केही अगाडि संक्रमण दर घट्दै जाँदा पनि हामी जोखिममुक्त भएका थिएनौं। समुदायमा संक्रमणका स्रोत विद्यमान थिए। त्यो रहेसम्म फैलिने जोखिम रहन्छ नै।

त्यो बेला पनि हामीले ‘जनस्वास्थ्यको मापदण्ड पालनामा लापरबाही गर्न मिल्दैन है,’ भनिरहेकै थियौं, तर राम्ररी मापदण्ड पालना गर्न सकेनौं। त्यसको परिणाम अहिले देखिएको छ।

पहिले जस्तै अहिले पनि भारतबाट आउने नेपाली संक्रमणको स्रोत बनेका छन् कि भन्ने शंका छ। यसको मतलब नेपालभित्र संक्रमणको स्रोत थिएन भन्ने होइन।

भारतमा भएको संक्रमण विस्तार पनि हाम्रो लागि चुनौतीपूर्ण छ। अहिले भाइरसको नयाँ भेरियन्ट र दोस्रो लहर भन्ने शब्द चर्चामा छ। नेपालमा भाइरसको नयाँ भेरियन्ट पुष्टि भए पनि त्यसको मात्रा थाहा भएको छैन।

प्रकाशित मिति: : 2021-04-20 10:32:00

प्रतिकृया दिनुहोस्