सानाे चट्ट परेकाे प्लाइउडकाे बाकसजस्ताे। भुँइतिर चार पाँग्रा। अगाडिको भाग चलनचल्तीकाे कारजस्ताे। भित्र ड्राइभर बस्ने ठाउँमा स्ट्रेरिङ। माथि छतमा साेलासका पाता। मुनिपट्टी साेलारकै ब्याट्री।
हेर्दा कुनै संग्राहलयमा राख्नकाे लागि बनाएकाे प्लाइउटकाे गाडीजस्ताे। गुड्छ जस्ताे तर गुड्छ हाेला भनेर धेरैले अनुमान समेत नगरेकाे। गुड्दैन हाेला भनेर अनुमान लगाउनु पनि एक हिसाबले सहि नै हाे। किनकि प्लाइउडकाे बार लगाएकाे गाडी कहाँ पाे चलेका छन् र?
धेरैकाे अनुमान विपरीत याे सत्य हाे कि उक्त काठकाे बाकसजस्ताे माल अरु गाडीजस्तै चल्छ। दुई दिन अगाडि प्लाइउडकाे मात्र देखिने सानाे बाकस अब राताे र कालाे पृष्ठभूमिपाला देखिन्छ। अब भने खाँटी कारजस्ताे भएकाे छ। निधारमामुनि दायाँ बाँयाका आँखीभाैं जस्ता देखिने दुईवटा शब्द छन्, प्रशान्त र अज।
यी नाम भएकाे कार बनाउने दुई जुम्ली युवाहरुका हुन्। जुम्लाकाे सिंजा गाउँपालिका -२ चुलेलगाउँका उनीहरुले गाउँमै आफ्नै सीप लाएर गाडी बनाई गुडाएका छन्। उनीहरुकाे पूरा नाम हाे प्रशान्त वड र अज वड।
छतमा राखिएकाे साेलारका पाता साेका लागि नभएर गाडी चल्नकाे लागि शक्ति संचय गर्ने स्राेत हुन्। उनीहरुले बनाएकाे गाडी सोलारबाट चल्छ। रातो कलरको उक्त गाडीमा तीन जना मज्जाले बस्न मिल्ने खालकाे छ।
उनीहरुले गाउँमै गाडी बनाएर गुडाइदिएपछि स्थानीय चकित भएका छन्। 'सितिमिति गाडी नपुग्ने गाउँमा गाडी नै बनाएर देखाइदिनु हाम्राे लागि आविस्कार हाे,' नेपाल सरकारकाे भुमि सम्बन्धि समस्या समाधान आयाेगका विज्ञ सदस्य शुमन आचार्य दंग हुँदै भन्छन्, 'याे हामी सबैका लागि खुसीको कुरा हाे। स्थानीय युवाकाे सीप र आविस्कारलाई विस्तार गर्न सके हामी पनि सुविधा सम्पन्न ठाउँका नागरिक बन्न बेर लाग्दैन।'
गाडी बनाउने प्रशान्त र अज सानैदेखि नयाँ प्रविधिसँग खेल्न रुचि राख्थे। तर घरपरिवारले त्यो क्षेत्रमा लाग्न दिएका थिएनन्। गत कार्तिकदेखि योजना बनाएका उनीहरुले फागुन महिनादेखि गाडी बनाउन सुरु गरेका थिए।
तर प्रमुख समस्या पुँजीको अभाव थियो। गाडी बनाउनको लागि साधनस्रोत खरिद गर्न सकिने अवस्था थिएन। प्रशान्तका दाजु रतन वडले भने, 'कालापहाड गएर रुपैयाँ कमाएर आएपछि गाडी बनाउन सुरु गरेका थिए। बनाइ छाडे।'
घरपरिवारले गाडी बनाउने प्रस्ताव लैजाँदा नचाहिने काम भनेर वास्ता गरेका थिएनन्। बरु हकारेका थिए। 'हुने काम गर। नहुन्या गरी बेका क्यालै समय बर्बाद गद्दा? बरु घरकाे भित्र बाहिरकाे काम गर' दुबैकाे परिवारबाट यस्तै कुरा आयाे। गाउँमा बस्ने केटाले गाडी बनाएर देखाउलान भनेर पत्याउनु पनि कसरी? तर एक्कासी सडकमा ल्याएर गुडाउन थालेपछि मात्र विश्वास लाग्यो।
उनीहरु दुबैजनाकाे एक स्वर छ, 'साधनस्रोत र व्यवहारिक ज्ञान प्रदान गर्न सकेको खण्डमा खासै टाढाको विषय रहेनछ। गाडी गुड्याे। हामी खुसी भयाैं।'
उनीहरु सफल भएकाे पहिलो दिन एक किलोमिटरसम्म गाडी गुडाए। सिंजा क्षेत्रभरी चर्चा चल्यो। अर्को दिन गाउँपालिका अध्यक्षसहितको जनप्रतिनिधिको टोली बोलाएर औपचारिक रुपमा उद्घाटन गरे। त्यो दिन एक सय मिटरसम्म गाडी गुडाएपछि गाउँलले उनीहरुलाई सम्मान गरे।
केही सामान भारतबाट ल्याएका उनीहरुले सामान्य मेसिन र वल्डिङ गर्ने मेसिन नजिकैको हार्डवयरबाट खरिद गरेका थिए। यो गाडी डिजेल र पेट्रोलबाट चल्दैन। प्रशान्तले भने, 'सोलार सिस्टमले काम गर्छ।'
उनीहरुले गाडि गुडाउन्जेलसम्मको खर्च ७० हजार रुपैयाँ पुगेको बताए। भर्खर सडकमा हिड्नेसम्म बनायौं। प्रशान्तले थपे, 'आवश्यक फिनिसिङ गर्न बाँकी छ। आर्थिक अभावका कारण अघि बढ्न सकिएको अवस्था छैन। कसैले साथ दिएको खण्डमा जुम्लामै गाडी बनाउन सकिन्छ।'
सिँजा गाउँपालिका -२ का अध्यक्ष नविनकुमार शर्माले कर्णालीमै पहिलो पटक गाडी बनाएर सडकमा गुडाउनु निकै ठूलो उपलब्धि भएको बताए।
'गाडी बनाउन सुरु गर्दा कसैले सम्भव देखेका थिएनन्। तर प्रत्यक्ष सडकमा गाडी गुडेपछि चकित नै भए,' उनले भने, 'गाउँमै गाडी बनाएपछि गाउँपालिकाको पहिचान बदलिएको छ। युवाहरुको यो काम प्रशंसनीय छ।'
'सुरुमा हामीलाई सम्भव नभएपनि प्रयाे गर्नुपर्छ भन्ने लाग्याे। घर परिवारले अन्य काम गर गाडी बनाउन नलाग पनि भन्नुभएको हाे,' गाडी बनाउने अर्का अज वडले भने, 'अनावश्यक समय खर्च नगर भनेर परिवारले भन्दा वास्ता गरेनाैं। अन्त्यमा गाडी सडकमा पनि गुडेको देखापछि मात्र हामी विश्वास पात्र बन्न सक्याैं।'
उनीहरुलाई घरपरिवारले दिउँसो घरायसी काम गर्न लगाउँथे। बिहान बेलुकाको समयमा उनीहरु आफैं गाडी बनाउने काममा लागे।
प्रशान्त एसएलसी पढेर छाडेका हुन्। अज अहिले जेटिए पढ्दैछन्। तर उनीहरुकाे रुचि गाडी बनाउनेतिर भएको हुनाले यतातिर लागे। प्रशान्त सानैदेखि बिग्रिएका घडी, रेडियो, मोबाइल बनाउँथे।
एक पटक उनले रिमोटबाट खोल्ने ढोका बनाए। उनको ढोकामा ताला झुण्ड्याउनु पर्थेन। उनले मोवाइलमा पासवर्डबाट ढोका खोल्ने प्रविधिको विकास गरे। आफ्नो घरको लागि मात्रै हावाबाट बिजुली उत्पादन गरे। फलस्वरुप उनीहरुले प्रशान्त र अज नामको गाडी निर्माण गरेर चलाउन थालेका छन्।
सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावल गाउँमै साधनस्रोतको अभावका बीच गाडी बनाएर गुडाउन सक्नु निकै चुनौतिपूर्ण कार्य भएको बताउँछन्।
'गाउँका युवा पनि गाडी बनाएर सडकमा गुडाउन सक्ने हैसियत राख्छन् भन्ने सन्देश सिंजाले दिएको छ,' उनले भने, 'यी युवाहरुलाई आवश्यक पर्ने तालिम दिन गाउँपालिका तयार छ। आवश्यक स्रोत साधनको जुगाड समेत गरिदिन्छौं।'
गाउँपालिका अध्यक्षले यसाे भन्दा उनीहरु खुसी भएका छन्। अगामी दिनमा अरु गतिविधि गर्ने साेच राखेकाे उनीहरुले बताए। उनीहरु दुई जनाकाे कामलाई देखेर आफू प्रभावित बनेकाे जुम्लाका युवा वैज्ञानिक टक्क बहादुर नेपालीले थपे।
'याे निकै खुसीको कुरा हाे। तर दु:खकाे कुरा याे पनि छ कि हामी मिहिनेतकाे फल पाउँदैनाैं। हामीसँग लगानी नहुँदा अगाडि बढ्न सक्दैनाैं,' उनले भने, 'मलाई विश्वास छ। यस्ताे उपयोगी काम गरेर देखाउने भाइहरुकाे सृजना मर्न पाउने छैन।'
हाम्राे जुम्लामा यस्ता अाविष्कार मरणिय काम गर्ने भाईहरु लाई सफलताकाे कामना गर्दै अाघामि दिनमा यस्ता नयाँ नयाँ प्रविधिको विकास गर्ने छन भनी कामना गर्दछु यी सिपयुक्त सिपालु भाईहरुलाई अावश्यक परेका वेला सहयाेग गर्नेछु ।