सेयर बजारमा करेक्सन : नाफा बुक कि कोभिड त्रास ?

बाह्रखरी

काठमाडाैं

 विजय पराजुली 

लगातार दोस्रो दिन पनि सेयर बजार ओरालो लागेको छ । यो साताको दुई कारोबार दिनमा नै सेयर बजार परिसूचक नेप्से ७३.४७ अंकले घटेको छ । आइतबार करिब ३६ अंकले घटेको नेप्से सोमबार पनि ३७.५८ अंकले ओरालो लागेको छ ।

गत बिहीबार २७३५.४० अंकको ऐतिहासिक उचाईमा पुगेको नेप्सेमा दुई दिनमा नै करिब ७५ अंकको गिरावट आउँदा २६६१.९३ अंकमा झरेको छ । सोमबार बजार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ८ अर्ब ८० करोड माथि  कारोबार भएको बजारमा सोमबार भने कारोबार रकम पौने ७ अर्बमा सीमित भएको छ । आज नेप्सेमा १ करोड ४२ लाख ७६८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७६ करोड ६८ लाख १ हजारको कारोबार भएको छ ।

चैत मसान्तमा कर्जाको ब्याजदर तिर्ने समयमा पनि गत सातासम्म लगातार बढेको सेयर बजार यो सातमा भने घट्दो लयमा देखियो । चैत मसान्तको ब्याजदर तिरिसकेको र अब एक त्रैमासको ब्याज तिर्दा लाभांश सुरक्षित गर्ने समय हुँन लाग्दा पनि सेयर बजारमा भने वैशाखको पहिलो साता नै ओरालो लयमा देखिँदा लगानकिर्तामा केही अलमल देखिएको छ ।

प्रकाशित मिति: : 2021-04-19 16:55:00

प्रतिकृया दिनुहोस्