प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न १ बजेदेखि प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको घोषणा गरेकी हुन्।