संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

File photo
File photo

संसदको हिउँदे अधिवेशन आज अपरान्ह १ बजेबाट अन्त्य हुने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसदको हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

जेठ १५ गते बजेट ल्याउने र त्यसअघि नै सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने भएकाले अधिवेशन अन्त्यको निर्णय गरिएको बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। तर सर्वोच्चले फागुन ११ गते प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएको थियो। 

प्रकाशित मिति: : 2021-04-19 10:35:00

प्रतिकृया दिनुहोस्