'सुपर लिग' खेल्न 'ठूला छवटा क्लब' सहमत

बिबिसी

काठमाडाैं
GETTY IMAGES

नयाँ युरोपेली सुपर लिग (ईएसएल) मा भाग लिन प्रमुख छसहित १२ वटा क्लब तयार भएका छन्।

तिनमा आर्सेनल, चेल्सी, लिभरपूल, म्यानचेस्टर सिटी, म्याचेस्टर युनाइटेड र टोट्नम पनि छन्।

युरोपियन फुटबलमा हलचल ल्याइदिएको उक्त कदमअन्तर्गत प्रिमियर लिग क्लबमा एसी मिलान, एट्लेटिको मड्रिड, बार्सिलोना, इन्टर मिलान, युभेन्ट्स र रियल मड्रिड पनि जोडिएका छन्।

संस्थापक क्लबहरूले 'नयाँ मध्यसप्ताह प्रतिस्पर्धा' आयोजना गर्न सहमति गरेको ईएसएलको भनाइ छ। तर 'सम्बन्धित राष्ट्रिय लिग प्रतिस्पर्धालाई निरन्तरता' दिने छन्।

प्रकाशित मिति: : 2021-04-19 06:29:00

प्रतिकृया दिनुहोस्