कर्णालीमा 'फ्लोर क्रस' गर्ने एमालेको माधव नेपाल समूहका तीन जना बने मन्त्री, सपथ साँझ ६ बजे

फाइल तस्वीर
फाइल तस्वीर

कर्णाली प्रदेशमा शनिबार नियुक्त भएका मन्त्रीहरुलाई आइतबार साँझ ६ बजे सपथ ग्रहण गर्ने भएका छन्।

प्रदेश प्रमुखको कार्यालय सुर्खेतले ६ बजे सपथ ग्रहणको कार्यक्रम रहेको जानकारी दिएको छ। शनिबार साँझ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल विस्तार गरेका थिए।

नयाँ मन्त्री भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकास मन्त्रीमा अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाही छन्।

मन्त्री बनेका सबै एमाले माधवकुमार नेपाल समूहका हुन्। तीन जनाले शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए।

पार्टीको ह्विप विपरीत मुख्यमन्त्रीलाई मत दिएपछि नेकपा एमाले प्रदेश कमिटीले तीन जना सांसदलाई शनिबार पार्टीबाट निष्कासित गरिसकेको छ।

यसैबीच आइतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसँग भेटवार्ता गरेका छन्। भेटमा नयाँ मन्त्रिमण्डल बिस्तारको बारेमा मुख्यमन्त्रीले जानकारी गराएका थिए।



एमालेले कारबाही गरेका कर्णालीका तीनै जना सांसदलाई मन्त्री

'फ्लोर क्रस' गर्ने सांसदलाई एमाले कर्णालीले गर्‍यो कारबाही

प्रकाशित मिति: : 2021-04-18 17:45:00

प्रतिकृया दिनुहोस्