'कविर सिंह' सुपरहिट बनेपछि पश्चातापमा तारा सुतारिया

दक्षिण भरतीय चलचित्र 'अर्जुन रेड्डी'को हिन्दी रिमेक 'कविर सिंह'ले बलिउडको बक्स अफिसमा राम्रो दाम र नाम कमायो।

चलचित्रको मुख्य भूमिकामा अभिनेता शाहिद कपूर र कियार आडवाणी थिए।हालै सार्वजनिक भएको चलत्रिको एक समीक्षा अनुसार कियाराभन्दा पहिले अभिनेत्रीको मुख्य भूमिकामा तारा सुतारियालाई लिइएको खबर खुलेको छ।

तारा सुतारियाले 'रिमेक' चलचित्र नगर्ने भनेपछि कियारालाई लिइएको थियो। कियाराको भाग्य भनौ या ताराको दुर्भाग्य। त्यहीँ रिमेक चलचित्र सुपरहिट बन्यो। 

चलचित्र 'कविर सिंह'ले कियाराको करियरलाई पनि उचाईमा पुर्यायो। 

चलचित्र रिलिज भएर सुपरिहिट भएपछि तारालाई पक्कैपनि पश्चाताप लागेको हुनुपर्छ, चलचित्र रिजेक्ट गरेकोमा। त्यसैले उनले केही अन्तर्वार्तामा कविर सिंहले आफूलाई अफर गरेपनि रिजेक्ट गरेको घुर्की सुनाउँदै हिँडेकी थिइन्। 

प्रकाशित मिति: : 2021-04-18 06:45:00

प्रतिकृया दिनुहोस्