बङ्गलादेशमा लगातार दोस्रो दिन पनि सय भन्दा बढी काेराेना सङ्क्रमितको मृत्यु 

Dhaka Tribune

बङ्गलादेशले शनिबार कोभिड–१९ बाट १०१ जनाको मृत्यु भएको जानकारी गराएको छ। बङ्गलादेशमा लगातार दोस्रो दिन कोभिड–१९ सङ्क्रमित १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र यसलाई सरकारी अधिकारीले महामारीको दोस्रो लहरका कारण आएको सङ्कटपूर्ण अवस्था भनेका छन्। 

बङ्गलादेशको स्वास्थ्य सेवा महा निर्देशनालयका अनुसार शनिबार तीन हजार ४७३ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। यससँगै अहिलेसम्म बङ्गलादेशमा कूल सङ्क्रमितको सङ्ख्या बढेर सात लाख १५ हजार २५२ पुगेको छ।


राक्षस र मान्छेबीच भिडन्तको कथा


आधिकारिक तथ्याङ्कले देखाएअनुसार बङ्गलादेशभरि गत २४ घण्टामा १६ हजार १८५ नमूनाहरू परीक्षण गरिएको थियो। 

निर्देशनालयका अनुसार बङ्गलादेशमा अहिलेसम्म कोभिड–१९सङ्क्रमण भई निको हुनेको सङ्ख्या छ लाख आठ हजार ८१५ पुगेको छ। यहाँ शनिबार निको हुनेको सङ्ख्या पाँच हजार ९०७ रहेको बताइएको छ। 

आधिकारिक तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर अहिलसम्म ८५.१२ प्रतिशत कायम रहेको छ। सिन्ह्वा



खेलाडीलाई प्रेरित गर्ने फिल्म ‘साइना’

म्यान्मार सैन्य सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने

म्यान्मार ‘कू’: चर्चित गायिका पो पो पक्राउ

म्यान्मार ‘कू’: संकटको सारथी बन्दै 'मिचिना युवा' 

म्यान्मार ‘कू’: त्राससँगै शोकमा छन् नेपालीभाषी 

म्यान्मारको कू: मारिनेमा किशोरीदेखि ट्याक्सी ड्राइभरसम्म 

सैनिक शासनबाट पिल्सिएको म्यान्मारको यस्तो हाल 

 

प्रकाशित मिति: : 2021-04-17 19:05:00

प्रतिकृया दिनुहोस्