बुद्धिविहिन मान्छे, सरदार भनिएपछि...

मानवताविहिन मान्छे,मान्छे भनिएपछि
शिक्षाविहिन मान्छे,शिक्षक भनिएपछि
मनमान्दाे बद्लाव देशमा देखिने कैले अब
देशभक्तविहिन मान्छे,नेता भनिएपछि

विद्याविहिन मान्छे, विद्वान भनिएपछि
सेवाविहिन मान्छे, सेवी भनिएपछि
सर्वाेच्च समाज हाम्रो कहलाउने कैले अब
नेतृत्वविहिन मान्छे, नेता भनिएपछि

बुद्धिविहिन मान्छे, सरदार भनिएपछि
कार्यविहिन मान्छे, कामदार भनिएपछि
उन्नतिमा गति समाज लिने कैले अब
उत्साहविहिन मान्छे, नेता भनिएपछि

शब्दविहिन मान्छे, बाठो भनिएपछि
स्वार्थविहिन मान्छे, लाटो भनिएपछि
परिपक्व सङ्गठित् समाज मानिने कैले अब
मातृत्वविहिन मान्छे, नेता भनिएपछि

साधनाविहिन मान्छे,साधक भनिएपछि
तपविहिन मान्छे,तपस्वी भनिएपछि
इमानयुक्त असल समाज बनिने कैले अब
स्वभिमानविहिन मान्छे, नेता भनिएपछि

प्रकाशित मिति: : 2021-04-17 15:33:00

प्रतिकृया दिनुहोस्