महेश नेपाली
कर्णाली प्रदेश सरकारलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे नेपाली कांग्रेसले अझै निर्णय गर्न सकेकाे छैन।
त्यस्तै प्रदेशसभामा १ सिट रहेको राप्रपाले पनि कुनै निर्णय लिइसकेको छैन। राप्रपा नेता धनबहादुर बुढाले परिस्थिति तटस्थ बस्नेतर्फ अगाडि बढेको बताए।
निर्णायक मानिएका दुबै पार्टीका निर्णय नहुँदा नेकपा एमालेलाई फाइदा हुने देखिएकाे छ।
शुक्रबार बिहान ८ बजेदेखि बैठक बसे पनि ठोस निर्णय हुन नसकेको संसदीय दलका सचेतक दीनबन्धु श्रेष्ठले बताए।
'हामी बिहानैदेखि बैठक बसेका थियौं, तर केन्द्रबाट कुनै निर्देशन आएको छैन,' उनले भने, 'त्यसैले केन्द्रको निर्देशन आएपछि फेरि बस्ने गरेर बैठक स्थगित गरेका छौं।'
कर्णाली प्रदेशमा सरकारलाई विश्वासको मत दिने कि नदिने भन्नेबारेमा केन्द्रीय नेताहरु छलफलमा रहेका उनले थपे।
एक महिनाअघि सत्ता साझेदार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार दिउँसो विश्वासको मत लिँदैछन्।
संसदमा कांग्रेसको ६ मत रहेको छ। कांग्रेस र एमालेको माधव नेपाल समूहका सांसदको समर्थनसहित सरकार जोगाउने अन्तिम प्रयासमा मुख्यमन्त्री शाही रहेका छन्।
प्रदेशसभामा विश्वासको मत लिनको लागि २० सांसदको आवश्यकता पर्दछ। हाल ३९ सदस्य रहेको प्रदेशसभामा एमालेका १९ (सभामुख छोडेर), माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया