
महेश नेपाली
कर्णाली प्रदेश सरकारलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे नेपाली कांग्रेसले अझै निर्णय गर्न सकेकाे छैन।
त्यस्तै प्रदेशसभामा १ सिट रहेको राप्रपाले पनि कुनै निर्णय लिइसकेको छैन। राप्रपा नेता धनबहादुर बुढाले परिस्थिति तटस्थ बस्नेतर्फ अगाडि बढेको बताए।
निर्णायक मानिएका दुबै पार्टीका निर्णय नहुँदा नेकपा एमालेलाई फाइदा हुने देखिएकाे छ।
शुक्रबार बिहान ८ बजेदेखि बैठक बसे पनि ठोस निर्णय हुन नसकेको संसदीय दलका सचेतक दीनबन्धु श्रेष्ठले बताए।
'हामी बिहानैदेखि बैठक बसेका थियौं, तर केन्द्रबाट कुनै निर्देशन आएको छैन,' उनले भने, 'त्यसैले केन्द्रको निर्देशन आएपछि फेरि बस्ने गरेर बैठक स्थगित गरेका छौं।'
कर्णाली प्रदेशमा सरकारलाई विश्वासको मत दिने कि नदिने भन्नेबारेमा केन्द्रीय नेताहरु छलफलमा रहेका उनले थपे।
एक महिनाअघि सत्ता साझेदार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार दिउँसो विश्वासको मत लिँदैछन्।
संसदमा कांग्रेसको ६ मत रहेको छ। कांग्रेस र एमालेको माधव नेपाल समूहका सांसदको समर्थनसहित सरकार जोगाउने अन्तिम प्रयासमा मुख्यमन्त्री शाही रहेका छन्।
प्रदेशसभामा विश्वासको मत लिनको लागि २० सांसदको आवश्यकता पर्दछ। हाल ३९ सदस्य रहेको प्रदेशसभामा एमालेका १९ (सभामुख छोडेर), माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन्।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया