बिएल संवाददाता
यतिबेला कर्णालीमा सरकार उथलपुथल हुने अवस्था छ।
कर्णालीकाे प्रमुख राजनीतिक दल एमाले आफ्नाे सरकार बनाउने धाउन्नमा छ। यता नेकपा माओवादी मुख्य मन्त्री महेन्द्रबहादुर शाहीकाे सरकारलाई यथावत् राख्ने बल लगाइरहेकाे छ।
त्यसै अनुरुप बिहिवार दुई बजे मुख्यमन्त्री शाही विश्वासकाे मत लिने तयारी गरिरहेका छन्। माओवादी संसदीय दलले मुख्यमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरिरहेकाे छ।तर मुख्यमन्त्री शाहीकाे सरकारले निरन्तरता पाउनकाे लागि कांग्रेसकाे समर्थन जरुरी छ भने एमाले पनि काँग्रेस आफूतिर आइदिएकाे खण्डमा हाइसुखले सरकार ढलाउने सकिने मनस्थितिमा छ।
कांग्रेस भने के गर्ने भन्ने दाेधारमा छ। हालसम्म कांग्रेसले कुनै निर्णय नगरेकाे प्रदेश सभा सदस्य दिनबन्धु श्रेष्ठले बिएल नेपाली सेवालाई जानकारी दिए।
'हामी केन्द्रकाे निर्णय कुरिरहेकाे छाै। केन्द्रकाे सल्लाह अनुसार संसदीय दलकाे बैठकले निर्णय गर्नेछ,' उनले भने, 'दुई बजेसम्म मुख्यमन्त्रीलाई विश्वासकाे मत दिन पनि सक्ने र नसक्ने स्थिति रहनेछ।'
कर्णाली प्रदेशमा सरकार गठनका लागि २० जना सांसदको आवश्यक पर्छ। नेकपा एमालेमा २० जना सांसद छन् भने माओवादी केन्द्रमा १२ जना। १३ जना सांसद रहेको माओवादीमा एमाले प्रवेश गरेको धर्मराज रेग्मीलाई कारबाही गरेपछि संख्या १२ मा झरेको हो।
कर्णालीमा माओवादी केन्द्रलाई कांग्रेसका ६ र राप्रपाका एकजना सांसद्ले सहयोग गरे पनि विश्वासको मत पुग्दैन। यसका लागि मुख्यमन्त्रीले एमालेका केही सांसदलाई आफ्नो पक्षमा लिएर 'फ्लोर क्रस' गर्नुपर्ने हुन्छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया