हाँसो : अर्को ‘नेपाली ब्रान्ड’

हिमाल खबर

काठमाडौँ

सन् २०१७ मार्चतिर।

दिगो पर्यटनबारे अध्ययन गर्न जापानी अनुसन्धानकर्ता र विद्यार्थीको एउटा टोली सोलुखुम्बु आएको थियो। टोलीमा एकजना भरिया खटिए– सोलुखुम्बुकै उमेश राई।

खासै पढेका पनि होइनन्। तर, त्यसपछि ती जापानीको सम्पर्कमा जति जापानी आए, सबैले उमेशकै कुरा गरे। उमेश नै चाहिन्छ भन्न थाले।

हामीलाई पनि आश्चर्य लाग्यो। किन त सबैलाई उमेश नै चाहिन्छ भनेर सोध्यौं पनि। तर, कारण खास थिएन। ‘ऊ जतिबेला पनि हाँसिरहन्छ, रमाइलो छ,’ जापानीहरू भन्थे। त्यतिबेला मात्र मैले बुझें, हाम्रो हाँसो त शक्ति पनि रहेछ।
 

प्रकाशित मिति: : 2021-04-16 09:28:00

प्रतिकृया दिनुहोस्