कुम्भ मेलापछि हरिद्वार बन्यो कोरोनाको नयाँ केन्द्र

Photo - livehindustan
Photo - livehindustan

भारतको हरिद्वार कुम्भ मेलालगतै कोरोना भाइरस संक्रमितको नयाँ केन्द्र बन्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन्।

गत अप्रिल १० देखि १४ तारिखसम्म चलेको मेलापछि १७ सय नयाँ कोरोना संक्रमित फेला परेको उत्तराखण्ड राज्यको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

हजारौं मानिस सहभागी धार्मिक समारोहमा कोरोना संक्रमितको संख्या बढ्न सक्नेप्रति चिकित्सकहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

हरिद्वारका प्रमुख चिकित्सका अधिकारी सम्भु कुमार झाका अनुसार पाँच दिनको अवधिमा यहाँ उपस्थित साधु–सन्त र तिर्थयात्रीहरूको सक्दो आरटी–पिसीआर टेस्ट र कोरोनाविरुद्धको खोप दिने कामलाई तीब्रता दिएका छन्।

हरिद्वार पुगेका कम्ती २ हजार व्यक्तिमा कोरोना संक्रमण देखिन सक्ने स्वास्थ्यकर्मीहरूले अनुमान गरेका छन्।

कुम्भ मेलामा झण्डै ६ सय ७० हेक्टेयरमा फैलिएको थियो। हरिद्वारसहित हिटरी र देहरादून जिल्लामा समेत तिर्थयात्रीको बाक्लो सहभागीता थियो।

प्रकाशित मिति: : 2021-04-15 17:55:00

प्रतिकृया दिनुहोस्