कर्णाली प्रदेशसभाकाे कार्यव्यवस्था समिति बैठक बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिन १ दिन मात्र बाँकी

File photo
File photo

कर्णाली प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज दिउँसो दुई बजे बस्दैछ।

बैठकले भोलि दिउँसो बस्ने प्रदेशसभा बैठकका एजेण्डाबारे निर्णय गर्नेछ।

प्रदेश सभा सचिव जिबराज बुढाथोकीका अनुसार भोलिको बैठकमा सरकारका दुई अध्यादेश सदनमा प्रस्तुत हुनेछन् भने राजनीतिक दलका नेताहरुले सम्बोधन पनि गर्नेछन्।

उनले भने, 'मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सदनमा पेश गरेको विश्वासको मत माथि मत विभाजनका आधारमा निर्णय समेत हुनेछ।'

कर्णाली प्रदेश सभामा एमालेका २०, माओवादीका १२ कांग्रेसका ६ र राप्रपाका १ सदस्य छ्न्। ४० सदस्यीय प्रदेश सभामा माओवादीका धर्मराज रेग्मी पदमुक्त भइसकेका छन्। आफूसँग १२ सांसद रहे पनि मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय गरिसकेका छन्।
 

प्रकाशित मिति: : 2021-04-15 09:40:00

प्रतिकृया दिनुहोस्