मोबाइल हेर्ने बालबालिका धेरै रिसाह !

FirstCry Parenting
FirstCry Parenting

अभिभावकहरूले आफ्नो बच्चालाई भुलाएर राख्नका लागि स्मार्टफोन दिने गर्छन्। अमेरिकी वैज्ञानिकहरूले स्मार्टफोनमा कार्टुन हेर्ने दुईदेखि तीन वर्षको बच्चामा गरेको अनुसन्धानअनुसार स्मार्टफोनले बच्चाहरूको व्यवहारमा आश्चर्यजनक परिवर्तन गराउन सक्ने देखाएको छ।

बच्चाहरूलाई फोन दिने बानीले उनीहरूलाई छिट्टै रिस उठाउन सक्छ। अनुसन्धानको क्रममा अभिभावकहरूलाई उनीहरूका बच्चाहरूले टिभी, भिडियो गेम, ट्याबलेट र स्मार्टफोनमध्ये कुन धेरै प्रयोग र स्मार्टफोन कति समयका लागि प्रयोग गर्छन् भनेर प्रश्न सोधिएको थियो।

अभिभावकले बच्चाको रिस रोक्नका लागि मोबाइल दीने गरिन्छ तर केही समयपछि उक्त फोन खोसेपछि बच्चामा रिस पहिलेभन्दा बढ्दै जाने अनुसन्धानकर्ताको भनाइ छ। बच्चामा लामो समयसम्म यस्तो व्यवहार देखिएमा अवस्था थप गम्भीर हुन सक्ने बताइएको छ। बच्चाले सार्वजनिक ठाउँमा क्रोधित व्यवहार देखाउनबाट बच्नका लागि बच्चालाई मोबाइलबाट टाढा राख्न सुझाव दिइएको छ।

ब्रिघम यङ युनिभर्सिटीका अनुसन्धानकर्ता सारा कोइनले बच्चाहरूको भावना नियन्त्रण गर्न फोनमा अडियो र भिडियो देखाउनबाट जोगिनुपर्ने बताएकी छिन्।

रोयल कलेज अफ पेडियाट्रिक्स एन्ड चाइल्ड हेल्थको गाइडलाइन्सका अनुसार १८ महिनाभन्दा कम उमेरको बच्चालाई ग्याजेट दिनु हुँदैन। त्यस्तै, दुईदेखि तीन वर्ष उमेरका बच्चाहरूलाई दिनको एक घण्टाभन्दा बढी मोबिलको प्रयोग गर्न अनुमति दिनु हुँदैन।

प्रकाशित मिति: : 2021-04-14 21:14:00

प्रतिकृया दिनुहोस्