पूर्वआइजीपीको अपहरण काण्डदेखि भागरथी हत्या प्रकरणसम्म 

अंग्रपक्तिमा रहेर सुरक्षा दिने नेपाल प्रहरीले २०७७ सालको मुखैमा नयाँ प्रहरी महानिरिक्षक पायो, शैलेश थापा क्षेत्रीको रुपमा।

नेपाल प्रहरीमा इमान्दार प्रहरीको छवी बनाएका थापाले संगठनको नेतृत्व पाएपछि भनसुन र भ्रष्टाचारको अन्त्य हुने तथा जनताले शान्ति सुरक्षाको प्रत्याभूति पाउने आशा गरिएको छ।  २०७७ सालमा विभिन्न घटना घटे, जुन अहिले पनि धेरैको मानसपटलमा ताज छ।

३० वर्ष प्रहरी सेवामा कार्यरत रहेर प्रहरी महानिरीक्षकबाट अवकाश पाएका सर्वेन्द्र खनाल माथि लागेको अपहरण काण्डले पुरै प्रहरीको साख घटाउने काम गर्याे। 

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई खनालबिरुद्ध अपहरणको उजुरी बोकेर आफै प्रहरी कार्यालयको ढोकासम्म पुगेका थिए। १० बैशाख २०७७ मा पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डाक्टर सुरेन्द्र यादवलाई पूर्व प्रहरी महानिरीक्षकले अपहणगरी काठमाडौं ल्याइएको आरोप लागेको थियो।

प्रधानमन्त्री ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको खनालको टोलीले जनकपुरबाट अपहरण गरेर काठमाडौं ल्याएको भन्दै प्रहरीमा उजुरी परेको थियो। केही महिनाअघि मात्र प्रहरी महानिरीक्षकबाट अवकाश पाएका खनालको यो हर्कतले प्रहरी संगठनकै शिर निहुरियो।

खनाल महानिरीक्षक हुँदा कञ्चनपुरमा बलात्कारपछि मारिएकी निर्मला पन्तको हाराहारीमा २१ माघ २०७७ मा बैतडीकी किशोरी भागिरत भट्टको बलात्कारपछि हत्या भयो। यद्दपी उक्त हत्यामा प्रहरीले छोटो समयमै सफल अनुसन्धान गर्यो, जसका कारण प्रहरी प्रतिको गुमेको साख केही भएपनि माथि उठेको छ। अनुसन्धानमा प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदी आफै फिल्डमा खटिए, जसको परिणाम राम्रो निस्क्यो।



निर्मला पन्तको झल्को दिने अर्को किशोरी भागरथीको बैतडीमा हत्या, अनुसन्धानका लागि प्रदेश प्रहरी खटियो



भदौमा भक्तपुरमा यस्तै एउटा घटना भयो, जुन घटनाले सबैको मन खिन्न बनायो। मध्यपुर थिमि नगरपालिका ९ निकोसेरास्थित घरभित्र एकै परिवारका तीन जना मृत फेला परे

आफ्नै घरमा ३६ वर्षीय सुदिप अधिकारी, उनकी ३४ वर्षीया श्रीमती सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी मृत अवस्थामा फेला परेका थिए। जसमध्ये छोरा सुशान्त र श्रीमती सम्झनामाथि धारिलो हतियार प्रयोग भएको पोष्टमार्टमको रिपोर्टले देखायो। घटनाको प्रहरीले अनुसन्धान हुँदा सुदिपले नै परिवार सदस्यको हत्यागरी आत्महत्या गरेको देखायो।



‘छोरा र श्रीमतीको हत्यापछि आत्महत्या’ 



यस्तै २५ साउन २०७७ बिहान अन्दाजी ७ बजे टोखा नगरपालिका वडा नम्बर-१० नवज्योति मार्गमा रातो प्लाष्टिकले बेरेको, बोराको नाम्लोसहित कालो रंगको सुटकेसभित्र टाउको र खुट्टा बिनाको पुरुषको शव फेला पर्यो।

घटनाको प्रकृति हेरेर प्रहरीसमेत आफै तर्सियो। अनुसन्धान गर्दै जाँदा शव कृष्णबहादुर बोहोराको र हत्या गर्ने एक समयकी छोटो दुरीको फिल्मकी नायिका चितवन कालिका नगरपालिका-७ घरभई टोखा नगरपालिका–१० नवज्योति मार्ग बस्ने ३७ वर्षीया कल्पना मुडभरी पौडेल र उनकी १५ वर्षीया छोरी रहेको रहस्य खुल्यो।



अण्डकोषमा प्रहार गरी बेहोस बनाएँ, घाँटी थिचेर हत्या गरि टाउको छिनालेँ र त्यसपछि खुट्टा काटेँ’- अभियुक्तको बयान ‍‍



करिव ८  महिनादेखि होटलमा बस्दै आएका मृतक र कल्पनाबीच विगत तीन-चार वर्षदेखि फेसबुकबाट चिनजान भएको र पछि कुरा नमिल्दा घरमै खाना खान बोलाएर दहिमा बेहोस हुने औषधि मिसाएको र बेहोस बनाएर खुकुरीले टुक्राटुक्रा पारी बोरामा हालेर फालेको अभियुक्त भुडभरीले स्विकार गरिन्।

उक्त घटनाको पनि छोटो समयमा सफल अनुसन्धान गर्न प्रहरी सक्षम भयो। काठमाडौंबाट भाग्दै गरेको अवस्थामा तालिम प्राप्त कुकुरको सहयोगले उनलाई पक्राउ गरिएको थियो।

यस्तै ३ भदौको राती रौतहटमा पुजारीको गोली हानेर हत्या भयो। रौतहटको माधवनारायण नपा-२ खेसरहिया टोलस्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको हत्या गरियो। पुजारीको हत्याले रौतहटमा ठूलो कलाहल मच्चियो। अन्नत सम्पत्तिको लोभमा आफ्न्तले नै हत्या गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुल्यो।

हत्या अभियोगमा प्रहरीले देवाही गोनाही नगरपालिका-१ का बालकुमार पटेल र रामनरेश पटेललाई पक्राउ गर्यो। सम्पत्तिको लोभमा आफन्तले सुपारी दिएर उनको हत्या गरेको प्रहरी अनुसन्धानमा पत्ता लाग्यो। 



'आकाशले उठायो कि पातालले निल्यो' महोत्तरीका झा दम्पतीलाई

महोत्तरी: झा दम्पतिको अवस्था अझै अज्ञात



१० फागुनमा महोत्तरीको पिपरा गाउँपालिका-५ सहोर्वाका झा दम्पती एकाएक गायव भए। बेलुकी खाना खाएर सुतेका झा दम्पत्ति एकाएक हराएपछि गाउँभरि सन्नाटा छायो। घटनाको अनुसन्धानका लागि व्यापक प्रहरी परिचालन भए। अन्नत घटनाको बिवरण खुल्यो, सार्वजनिक जग्गामा साक्षी बस्न नमानेका कारण उनको हत्या भएको थियो। 

प्रहरीले १४ चैत्रमा पक्राउ परेका स्थानीय विकास झा, शम्भु झा र कैलाश झालाई पक्राउ गर्यो। उनीहरू बेपत्ता झाका आफन्त हुन्। प्रहरीले उनीहरूको साथबाट हराएका झा दम्पत्तिका जलेका कपडा बरामद गर्यो। यद्धपि घटनाको नजिक पुगे पनि पुरै कारण भने अझै खुलेको छैन।

त्यस्तै २०७७ सालको अन्त्यतिर उर्लाबारीका युवा प्रविण बास्तोलाको साथीसँग रमाइलो गर्न गएकोबेला मृत्यु भयो। मृत्युको कारण खोज्दै  पिडित प्रहरी कार्यालय पुगे। तर, प्रहरीले लापरवाही  मात्र गरेन, प्रतिवेदनमा अर्कैको फोटो राखेर मुद्धा प्रक्रियाअघि बढायो। यसले पुरै पूर्व क्षेत्रमा तहल्का मच्चियो। अन्ततः गलत अनुसन्धान गर्ने प्रहरी कर्मचारीमाथि विभागीय कारवाही भयो र सो स्थानबाट हटाइयो।



मिसिलमा मृतकको गलत फोटो समावेश गर्ने प्रहरी निरीक्षक अझै उर्लाबारीमै !

शंकास्पद मृत्यु भएका व्यक्तिको मिसिलमा अर्कैको तस्बीर 



 त्यस्तै २३ मंसिरमा तत्कालीन सरकारले प्रतिबन्द लगाएको बिप्लव माओबादीले  मोरङ्का शिक्षक राजेन्द्र श्रेष्ठको विभत्स हत्यो गर्यो। चन्दा नदिएको निहुँमा सो समुहका कार्यकर्ताले शिक्षकको घाँटी रेटेर विभत्स हत्या गरेका थिए। जसले पुर्वी नेपालमा रहेका सबैलाई दुःखी बनायो। यद्यपि प्रहरीले बिप्लव समुहका ४२ जना नेता कार्यकर्तामाथि कर्तव्य ज्यानमा मुद्धा दायर गर्यो।

२०७७ सालको अन्त्यतिर तत्कालीन नेकपाकी नेतृ रामकुमारी झाक्रीलाई प्रहरीले पक्राउ गर्यो। झाक्रीको घरमै पुगेर महानगरी अपराध महाशाखाको टोलीले उनलाई नियन्त्रणमा लियो।



प्रहरीले पक्राउ गर्‍याे, श्रीमान जमानी बसेर छुटाए, नेताहरूको विरोध, पूर्वन्यायाधीशको प्रशंसा

आफैँ लडेर ल्याएको गणतन्त्रले रामकुमारीलाई बोलायो ‘हिरासत’को छिँडी !

बिहान करिब १० बजे तिर उनलाई नियन्त्रणमा लिएपछि बेलुका भने छाड्नु पर्यो। झाक्री पक्राउ परेको खबर देशैभर फैलियो र उनका समर्थकले सडक तताए। राष्ट्रपति बिद्यादेवी भण्डारीलाई बालकोटमा बस्न जानु भन्ने सार्वजनिक रुपमा अभिब्यक्ति दिएका कारण उनलाई प्रहरीले पक्राउ गरेको थियो। चारैतिर आन्दोलन र दबाब बढेपछि प्रहरीले उनलाई साझै छाड्यो।

कोरोनाले थला परेको ७७ सालमा देशैभर विभिन्न समस्या आइपर्याे। जे जस्तो परिस्थिति आइपरे पनि नेपाल प्रहरीले त्यसको सामना गरेको देखियो।

निर्मला पन्तको घटनाले नराम्रो दाग लागेको प्रहरीलाई ७७ मा भएका केही अनुसन्धानका घटनाले केही राहत दियो। यसअघिका आइजीपीले पद समालेको केही महिनामै कार्यशैलीका कारण आलोचना बेहोर्नुपरेको थियो। तर, हालका प्रहरी महानिरीक्षकले भने त्यस्तो सामना गर्नुपरेको छैन। 
 

प्रकाशित मिति: : 2021-04-14 12:39:00

प्रतिकृया दिनुहोस्