बाह्रखरी
काठमाडौं । २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले नेपाली कांग्रेस प्रजातान्त्रिक नेतृत्वको शेरबहादुर देउवा सरकारलाई अपदस्थ गरे । लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकार गठन गरे । चन्द नेतृत्वको सरकार एक वर्ष पनि टिकेन । त्यसपछि सूर्यबहादुर थापा प्रधानमन्त्री नियुक्त भए ।
देउवा नेतृत्वको सरकार बर्खास्त गरेपछि मुलुकका राजनीतिक दलहरू आन्दोलित भएका थिए । २०५८ जेठ १९ गतेको राजदरबार हत्याकाण्ड र त्यसपछि शासनसत्तामा उदाएका राजा ज्ञानेन्द्र क्रमशः निरंकुश बन्दै गए पनि त्यसलाई तुरुन्तै विस्थापन गर्ने सामर्थ्य राजनीतिक दलसँग देखिएको थिएन ।
होलेरी आक्रमणपछि तत्कालीन युद्धरत् नेकपा माओवादी केन्द्रको मनोबल उकासिएको थियो । त्यसको असर देश र राजनीतिक अवस्था दुवैमा देखिएको थियो । र, लाभ ज्ञानेन्द्रले उठाइरहेका थिए ।
दलहरुको आन्दोलनले राजाशाही कमजोर नहुने छाँट देखेपछि भर्खरै एकीकृत भएको तत्कालीन एमालेनिकट अनेरास्ववियूले जबर्जस्त सडकको नेतृत्व गर्द ैथियो । तत्कालीन अनेरास्ववियूभित्र राजेन्द्र राई, खिमलाल भट्टराई, ठाकुर गैरे, यज्ञराज सुनुवारजस्ता उदीयमान, जल्दाबल्दा नेताहरू थिए ।
तर, आन्दोलनको मैदानमा रामकुमारी झाँक्री देखिइन् । २०६० अघिसम्म रामकुमारी झाँक्रीको परिचय अखिलको नेतृमा मात्रै सीमित थियो । ज्ञानेन्द्र शाहको प्रतिगमनविरुद्धको आन्दोलनले उनको परिचयमा इँटा थपिदियो । गणतन्त्रको शंखघोष गर्ने आन्दोलनकारीको रूपमा उनी अगाडि आइन् ।
२०६० पुस २३ गते तत्कालीन अनेरास्ववियूले रत्नपार्कमा विरोध प्रदर्शनको आयोजना गरेको थियो । विरोध प्रदर्शन तुलनात्मक रूपमा शान्तिपूर्ण नै थियो । तर, प्रहरी एकाएक मुठभेडको मुडमा देखियो । जुलुसको अग्रभागमा थिइन्, रामकुमारी झाँक्री । प्रहरीको लाठी प्रहारबाट उनको टाउको फुट्यो । रगतपच्छे भइन् ।
अहिलेकोजस्तो सामाजिक सञ्जाल त्यतिबेला थिएन । तथापि, आन्दोलनकारीको मन–मस्तिष्कमा रामकुमारी झाँक्री गाढा विम्ब बनिन् । त्यसको अढाई वर्षपछि २०६२–०६३ को आन्दोलनको शंखघोष भयो । पार्टीलाई उछिनेर अनेरास्ववियूले गणतन्त्रको नारा लगायो । परिणामतः मुलुकमा गणतन्त्रको स्थापना पनि भयो ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया