शनिबार, १३ जुन २०२६

'लालीबजार'विरूद्ध रिट हाल्ने राेशनी वादी पक्राउ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

डा. रोशनी नेपाली वादी पक्राउ परेकी छिन्। 

चलचित्र ‘लालीबजार’ले वादी समुदायको चरित्र हत्या गरेको भन्दै सर्वोच्च अदालतमा मुद्धा दायर गरेकी नेपालीलाई बुधबार पक्राउ गरिएको हो। 

‘लालीबजार’ले वादी समुदायलाई नैतिक, सामाजिक र व्यवहारिक रूपले गलत देखाएको भन्दै न्याय माग्न अदालत पुगेकी रोशनी सर्वोच्चबाटै पक्राउ परेकी हुन्।

उनले इजलासमै हुलहुज्जत गरेपछि नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्तमा राखिएको अदालत प्रशासनले जनाएको छ।

फिल्मले वादी समुदायलाई गलत रूपमा चित्रण गरेको भन्दै उनले चलचित्र प्रदर्शन रोक्न माग गर्दै आइरहेकी थिइन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!