'नेपालका नरेश'का रुपमा पूर्वराजा ज्ञानेन्द्र शाहको हरिद्वार यात्रा : कति तीर्थ कति राजनीति?

पहिलोपोष्ट

काठमाडाै‌ं

 कमलराज भट्ट

पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह गत बिहीवार भारत प्रस्थान गरे। पूर्व राजपरिवार सहितको टोली उत्तराखण्ड राज्य अन्तर्गत हिन्दुहरुको प्रमुख धार्मिक स्थल हरिद्वारमा आयोजना हुने महाकुम्भमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेको हो।

हिन्दुहरुको पवित्र धार्मिक स्थल हरिद्वारमा महाकुम्भका अवसरमा चैत ३० गते पूर्वराजा शाहले हिन्दू सम्राटको हैसियतमा गंगामा शाही स्नान गर्ने कार्यतालिका रहेको छ। पूर्वराजा शाहका सञ्चार विज्ञ फणी पाठकले विज्ञप्ती जारी गरेर महाकुम्भ मेला २०२१ विशेष समितिको विशेष आमन्त्रणमा शाही स्नानमा सहभागी हुन लागेको जानकारी दिएका छन्।  

के हो शाही स्नान?

हरेक १२ वर्षको अन्तरमा हुने गर्छ महाकुम्भ मेला। महाकुम्भको मार्च ११ मा पहिलो शाही स्नान भइसकेको छ। सबैभन्दा पहिला साधु-सन्तले गंगामा डुबुल्की लगाएर शाही स्नानको सुरुवात गरिसकेका छन्। दोस्रोपटकको शाही स्नान अप्रिल १२ अर्थात ३० चैतमा परेको छ। यहीँ दिन पूर्वराजा शाहले गंगामा स्नान गर्नेछन्। यस दिन अमावस्या र सोमवती अमावस्याको विशेष मुर्हत परेको छ। ज्ञानेन्द्रलाई महाराजाको मान र दरबार, नेपाली झण्डासहितको रथबाट शाही जुलुससहित सम्मानपूर्वक शाही स्नान गराउने कार्यतालिका रहेको छ।

प्रकाशित मिति: : 2021-04-11 13:14:00

प्रतिकृया दिनुहोस्